Sunday, January 30, 2011

रेखा थापाको एक दिन


काठमाडौ, माघ ११ - सुटिङ नभएको बेला अल्छी लाग्छ । आठ-नौ बजेसम्म सुत्छु । एक्सरसाइज गर्दिनँ । उठ्नेबित्तिकै तातोपानी चाहिन्छ । तीन ग्लासदेखि चार ग्लास, गर्मीमा पनि । नुवाइधुवाइ गर्दा दस बजिसक्छ । मिल्क कफी खान्छु । यताउति फोन गर्छु । मलाई भात मन पर्दैन । जंक फुड बढी खान्छु । आज (आइतबार) पनि भात खाइनँ । भात पकाउन आउँदैन । अहिलेसम्म पकाएकी पनि छैन ।